कुमारी बैंकले कार्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
५० लाख कित्ता मध्ये ३० लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको २० लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।
यस ऋणपत्रमा छिटोमा कार्तिक १२ गतेसम्म सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।
ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।