नेप्सेमा मिड सोलु हाइड्रो र भगवती हाइड्रोको आईपीओ सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 11:53:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिड सोलु हाइड्रो र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सुचिकृत भएको छ । आज बुधबार दुवै कम्पनीको शेयर सुचिकृत भएको हो ।

आज मिड सोलु  हाइड्रोको ७४ लाख ८४ हजार कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै भगवती हाइड्रोको ५७ लाख २० हजार ६ सय ४७ कित्ता शेयर सुचिकृत भएको हो ।

 आज बुधबार शेयर सुचिकृत भएसंगै असोज २५ गते बिहिबारबाट यी कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले मिड सोलु हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  MSHL सिम्बलबाट कारोबार हुने छ ।  

नेप्सेले हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  BGWT सिम्बलबाट कारोबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved