धितोपत्र बोर्ड र बीमा प्राधिकरण विरुद्द अख्तियारमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 01:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विरुद्द अख्तियारमा उजुरी परेको छ । शेयर लगानीकर्ताहरुले आज बिहान अख्तियार पुगेर उजुरी दर्ता गराएका हुन्  ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्द अख्तियारमा उजुरी दर्ता गराएका हुन्। उनीहरुले कानुन विपरित बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएर अख्तियार दुरुपयोग गरेको उजुरीमा उल्लेख छ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहिबार अनामनगरमा लगानीकर्ताहरुको भेला भएको थियो । उक्त भेलाले प्रचलित ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको भन्दै त्यस विरुद्द अख्तियार र अदालत जाने निर्णय गरेको थियो । सोहि अनुसार आज अख्तियारमा उजुरी दिईएको कोइरालाले उल्लेख गरेका छन् । त्यसपछि अदालत पनि जाने उनले बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कानुन विपरित बीमा कम्पनीहरुलाई प्रिमियममा आईअपीओ निष्काशनको अनुमति दिएर भ्रष्ट्राचार गरेको उजुरीमा उल्लेख गरिएको छ। उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय र प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पनि दिइएको छ । 

यस्तो छ उजुरीको व्यहोरा :

श्रीमान् प्रमुखज्यू  
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाटभटेनी, काठमाडौ
बिषयःअख्तियार दुरुपयोग गर्नेमाथि छानविन गरी तत्काल कारबाही गरिपाउँ  ।
प्रस्तुत बिषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल (जो जो संलग्न छनु )लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौ ।
बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा रहेको प्राबधान 
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनिबीमकले सर्बसाधारणबाट सेयर खरिदका लागि दरखास्तआब्हान गर्दा सेयरको अंकित मुल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ ।

 मागदावी

१. नेपाल धितोपत्र बोर्डकाअध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायत (जो, जो संलग्न छन् ) ले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र रिलायवल लाईफसहित चार वटा बीमा कम्पनीहरुलाई अंकित मूल्य भन्दा बढी रकम सर्बसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानून विपरितको कार्य र अख्तियार दुरुपयोग गरेका छन् । निजहरुले हिमालयन रि ईन्स्योरेन्सलाई अंंकित मूल्य भन्दा बढी सर्बसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकोले यसअघि भए गरेका गैरकानुनीकार्यहरु बदर गराउन, हुुन लागेका गैरकानूनी कार्य रोकिपाउन र जो जो संलग्न छन्, दोषी उपर प्रचलिच कानून अनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौं ।
२. नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकुल र अपारदर्शी रुपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मुल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भईरहेकाले सो को छानविन गर्न, आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड. कार्यविधि अनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूर्ण प्रक्रिया रोक्नलगाई पाउँ ।
३. उल्लेखित बीमा कम्पनीहरुलाई संचालन स्वीकृति ( लाईसेन्स ) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुतकर्ता, रेटिड. ऐेजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानविन गरिपाउँ ।
४. कानूनको बर्खिलाप अख्तियार दुरुपयोग भईरहेका कार्यहरु रोकि पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिईएका उजुरीहरुको वेवास्ता गरिन्छ भन्ने आरोपहरुको स्वतःखण्डन हुने गरी हाम्रो यस उजुरीको तत्काल सुनुवाई भई ६० लाख लगानीकर्ताहरुको हितमा काम हुनेछ भन्ने पूर्ण विस्वास लिएका छौं ।
बोधार्थ ः
१.प्रधानमन्त्रीतथामन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
२. अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौ
३. अर्थ समिति, प्रतिनिधि सभा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved