मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 08:46:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गते आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा  प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि उल्लेख छ

हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने, त्यसपछि संचालक समितिले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्ने, त्यसपछि हकप्रद निष्काशन गर्ने र त्यसपछि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको छ। कम्पनीले अग्राधिकार शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख गरेको छ। 

मारुती सिमेन्ट नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी  सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । कम्पनीका अध्यक्ष नन्द किशोर राठी हुन् । 

मारुती सिमेन्ट आईपीओ निष्काशन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट बजारमा सुचिकृत रहेको छ ।   

सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।  सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ । उसले हालसम्म आईपीओ निष्काशन अनुमति पाएको छैन  ।  सर्वोत्तम र मारुतीपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ५ पुग्ने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved