एनसेलले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 08:37:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा लिमिटेडले चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको चौथो वर्षको साधारणसभा गर्न लागेको हो । कम्पनीले मङ्सिर ७ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा आह्वान गरेको हो । 

कम्पनीको साधारणसभामा कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, आ.व.२०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने, कम्पनीको आ.व. २०८०/८१ को लेखापरीक्षण कार्यको लागि लेखा परीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७२/८० को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ।

दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल ४ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने बाटो खुलेको छ । यद्यपि आईपिओ निष्काशन अनिवार्य भने छैन  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved