स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान, ३ कारोबार दिनपछि बुक क्लोज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2023 | 11:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३० गते बसेको संचालक समितिको बैठकले मङ्सिर २४ गते आइतबार आर्मी अफिसर्स क्लबमा  सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

बैंकले साधारणसभा प्रायोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव

साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/८० को वार्षिक वित्तीय विवरण ( आषाढ मसान्त २०८० मा समाप्त भएको वर्षको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रू.१९ ( अक्षरूपी उन्नाइस रूपैयाँ मात्र) का दरले (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।

 विशेष प्रस्ताव :

१. बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन / थप गर्ने ।

२. प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेर बदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved