इमर्जिङ्ग नेपालको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 02:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शुक्रबार कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले ८.४२१०५% (आठ दशमलव चार दुई एक शुन्ना पाँच प्रतिशत) ले हुने रकम रु ४,६७,८७,३६८.४२ (अक्षेरुपी चार करोड सतसठ्ठी लाख सतासी हजार तीन सय अड्सठ्ठी र बयालिस पैसा मात्र)  नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । 

यस कम्पनीले पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved