नेपाल बंगलादेश बैंकको १० लाख कित्ता हकप्रद लिलाममा, कहाँ गयो बाँकि ६ लाख कित्ता ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 12:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले असार १४ देखि ९ लाख ८८ हजार १ सय २० दशमलब ८० कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद मध्य अवितरित हकप्रद बिक्रि गर्न लागेको हो।लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ ९ लाख ६८ हजार ६ सय ९ दशमलब ८० कित्ता र संस्थापक तर्फ १९ हजार ५ सय ११ कित्ता रहेको छ। 

इच्छुक बोलकबोल दाताले असार १४ देखि असार २१ सम्म बैंकिङ समय ३ बजेसम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलको कार्यालयमा असार २३ गते ३ बजे खोलिने छ।   बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको नेपाल बंगलादेश बैंकको ००१२४६६५१'सी' खाता नम्बरमा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै ग्लोबल आइएमई क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

८० प्रतिशत बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५१ करोड (८० प्रतिशत  हकप्रद सेयरका लागि प्राप्त कल्स इन एडभान्स सहित) रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ।  

कहाँ गयो ६ लाख ४८ हजार कित्ता ?

नेपाल बंगलादेश बैंकले १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा ९५ प्रतिशत आबेदन परेको दाबी गरेको थियो। जस अनुसार बैंकले करिब १६ लाख कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्नु पर्नेमा मात्रै ९ लाख ८८ हजार १ सय २० कित्ता   हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने निर्णय गरि हकप्रद बिक्रिमा बढ्दै गरेको बिकृतीलाई प्रोत्साहन दिएको छ। यससम्बन्धमा बिजपाटी डटकमले हकप्रद बिक्रिमा बढ्यो बिकृति, हक हस्तान्तरणको नाममा लगानीकर्ता ठग्दै नेपाल बंगलादेश बैंक शिर्षकमा समाचार लेखेको थियो। 

बिजपाटीलाई प्राप्त सूचना अनुसार बैंकमा पहुँच हुनेहरुको नाममा करिब ७ लाख कित्ता हकप्रद हस्तान्तरण गरिएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था अनुसार 'सङ्गठित संस्थाको सञ्चालक वा आधारभूत शेयरधनीले आफूले लिनु पर्ने हकप्रद शेयर वापतको हक अरु कसैलाई हस्तान्तरण गर्ने भएमा दरखास्त खुला हुनु भन्दा कम्तीमा तीन दिन अगावै हक हस्तान्तरण गरी हक हस्तान्तरण गरिएको व्यहोरा सहित निष्काशन बैङ्कमा रकम जम्मा गरी सक्नु पर्नेछ।'

प्राप्त जानकारी अनुसार बैंकले हकप्रद भर्न छुटेका तथा हकप्रद भर्न बिर्सेका लगानीकर्ताको भागको हकप्रद चाँजोपाँजो मिलाई बैंकमा पहुँच भएकाहरुको नाममा करिब ७ लाख कित्ता हकप्रद 'हक हस्तान्तरण' गरेको पाइएको छ। नियमन निकाय धितोपत्र बोर्डले बिजपाटीसंगको कुराकानीमा हकहस्तान्तरणको बहानामा यस्तो बिकृति हुन नदिने बताएपनि यस सम्बन्धमा कुनै कारबाही प्रक्रिया अघि नबढाएको पाइएको छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved