चन्द्रागिरी हिल्स लिमिटेडको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 10:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ  ।  कम्पनीले पुस २६ गते चन्द्रागिरी हिल्स परिसर मै दिउँसो १२:२० बजे साधारणसभा आह्वान गरेको हो ।  

साधारणसभामा  संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षको प्रतिवेदन सहितको आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव विवरण सहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने , कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने हुने छ।त्यस्तै लेखापरिक्षक परिवर्तन तथा नियुक्ति अनुमोदन गर्ने र संचालक समितिका सदस्यहरुको बैठकभत्ता परिमार्जन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।

  कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १३ गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन्।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved