'एनआईबिएल स्टेवल फण्ड' मा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 09:24:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइएमबि एस क्यापिटलले निष्काशन गरेको “एनआईबिएल स्टेवल फण्ड” मा आवेदन दिने आज माघ १६  गते अन्तिम दिन रहेको छ। क्यापिटलले माघ २ गते मंगलबारदेखि “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं सामुहिक लगानी कोष योजना “एनआईबिएल स्टेवल फण्ड” को इकाई बिक्री खुला गरेको हो । 

यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ ।  यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । 

यस योजना संचालन गर्ने  नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २१ गते अनुमति दिएको थियो  । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ ।

  इच्छुक लगानीकर्ताहरुले ( व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सक्ने छन्। लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्ने छन्।  

“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेकोमा “एनआईबिएल समृद्धि फण्ड - १” आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको छ।  हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड एनआईबिएल समृद्धि फण्ड - २ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved