कालंगा हाइड्रोको आईपीओ नबिके लक्ष्मी सनराइज र ज्योति क्यापिटलले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 07:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कालंगा हाइड्रो लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया अनुरुप प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल र ज्योति क्यापिटललाई प्रत्याभूतिकर्ता चयन गरेको हो ।

प्रत्याभुतिकर्ता चयन सम्झौतामा कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कालंगा हाइड्रोले निष्काशन गर्ने आईपीओ पूर्ण बिक्री नभए बिक्री नभएको शेयर यी दुई क्यापिटलले खरिद गर्ने छन्। कम्पनीले निष्काशन गर्ने शेयर मध्ये रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट प्रत्याभुत हुने गरि सम्झौता भएको हो  ।

कम्पनीले  कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००÷— का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले बझाङ स्थित १५.३३ मेगावाट क्षमताको आयोजना  निर्माण गरिरहेको छ।

 कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved