धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा कामकाज प्रभावित, पाइपलाइनमा ३० अर्ब बढीको आइपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 08:36:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा काम कारबाही प्रभावित भएको पाइएको छ। अत्यावश्यक किसिमका दैनिक र नियमित काम बाहेक विवादमा परिने डरले अरु काम नहुँदा शेयर निष्काशन लगायतका महत्त्वपूर्ण काम पुरै ठप्प हुन पुगेको छ।  

गत पुषदेखि निवर्तमान अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्ष बिहिन अवस्थामा रहेको छ। जस कारण झन्डै चार दर्जन कम्पनीको शेयर निष्काशन अनुमती लगायतका महत्त्वपूर्ण काम रोकिन पुगेको हो।   

धितोपत्र सम्बन्धि ऐनको कानुनी व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भए पनि यसले बोर्ड अध्यक्षको लागि आवेदनको सूचना समेत खुलाउन सकेको छैन। 

  दुई साताअघि मात्र अर्थमन्त्रालयले दैनिक काम कारबाही समेत हेर्ने गरि बोर्डका बरिष्ठ कार्यकारी निर्देशकलाई नियमित कामको जिम्मा दिएको थियो। त्यसपछि बोर्डको संचालक समितिले कार्यकारी निर्देशक  डा. नवराज अधिकारीलाई दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिएको छ। 

तर विवादमा पर्ने डरले अधिकारीले आइपीओ निष्काशनका लागि परेका आवेदन हेरेका छैनन्। पछिल्लो एक महिनामा कुनै पनि कम्पनीले आइपीओ, एफपीओं, हकप्रद, ऋणपत्र निष्कासनको अनुमति पाएका छैनन्। जसले गर्दा ४२ कम्पनीका झन्डै  ३० अर्ब बढीका 'आइपीले अनुमति पाउन सकेका छैनन्। 

अध्यक्ष नभएका बेलामा सार्वजनिक निष्काशनको अनुमति दिन नपाइने भन्ने व्यवस्था नभएपनि आफु विवादमा परिने डरले अधिकारीले कुनै पनि किसीमको निर्णय लिन नसकेको बोर्ड स्रोतले जनाएको छ। 

यद्दपि कुनै विवाद नभएका तथा प्रिमियम मुल्य तय नभएका प्राथमिक निष्काशनको तयारीमा रहेका कम्पनीका प्रस्तावलाई बोर्डको संचालक समितिको बैठकमा  लगेर स्वीकृति दिने तयारीमा ध्हितोपत्र बोर्ड जुटेको बताइन्छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved