स्वस्तिक लघुवित्तले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 01:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २४ गते आवेदन दिएको हो 

कम्पनीले हाल कायम जारी पुंजी २ करोडको ४० प्रतिशतले हुन आउने ८० लाख बराबरको ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ 

स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. लहान–८, सिराहामा केन्द्रीय कार्यालय राखी स्थापन भएको वित्तीय संस्था हो । मिति २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा संचालन गरेको एउटा पब्लिक कम्पनी हो ।

यस वित्तीय संस्थाको अधिकृत पुँजी ६ करोड, जारी पुँजी २ करोड रहेको छ । यस वित्तीय संस्थाको कार्यक्षेत्र मधेश प्रदेश रहेको छ र हाल यस वित्तीय संस्थाले मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लामा रहेका शाखा कार्यालयहरु मार्फत ग्रामिण भेगमा वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved