इष्टर्न साहारा कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 03:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य रु. १००।– दरको ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । 

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ । कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सीङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।

हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु, व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सीङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved