१७ मध्ये १४ फाइनान्स नाफामा, कुनको खुद नाफा कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 01:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३  वटा खुद नोक्सानीमा रहेका छन् ।

यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९  करोड ७५ लाख रहेको छ । 

यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुनको खुद नाफा/नोक्सानी कति ?




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved