एनआईसी एसिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत, १०.३५ प्रतिशतले बढ्यो नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 08:48:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा एनआईसी बैंकको खुद नाफा १०.३५ प्रतिशत बढेको छ । आर्थिक वर्ष ७८/७९ मा बैंकले ४ अर्ब २१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको खुद नाफा बढेर ४ अर्ब ६५ करोड पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड रहेको छ । यसले बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत रहेको देखाउछ ।

बैंकको खराब कर्जा ०.५३ प्रतिशतबाट बढेर ०.८० कायम भएको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज अन्तर्गत ३९.४१ करोड मात्र छुट्याएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५४.४४ प्रतिशत कम हो ।

११ अर्ब ५६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १८ अर्ब ८ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४०.२२ रुपैया, प्रति शेयर नेटवर्थ २५६.४१ रुपैयाँ र पीई रेसियो १९.७४ गुणा रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved