हामी मध्ये अधिकांशले समोसा खाएका छौ । नखाएको भएपनि देखेका छौ । समोसाको आकार हामि सबैलाई थाहा छ । सामान्यतया समोसा हातमा अट्ने खालको हुन्छ । तर के तपाईलाई थाहा छ हालसम्म पकाइएको बिश्व कै ठुलो समोसा कत्रो थियो भनेर । अवश्य पनि अनुमान कठिन हुन् सक्छ ।
बिश्वको सबै भन्दा ठुलो समोसा लण्डनमा पकाईएको थियो । जुन १ सय ५३ किलो १ सय ग्राम थियो । मुस्लिम एड नामको सामाजिक संस्थाले यो समोसा बनाएर गिनिज बुकमा नाम लेखाउदै बिश्व किर्तिमान कायम गरेको हो ।
यो समोसा बनाउन १२ जनाले १५ घण्टासम्म काम गरेका थिए । यसमा ४४ किलो पिठो, १ सय किलो आलु, २५ किलो प्याज, १५ किलो केराउ, ४ सय लिटर तेल प्रयोग गरिएको थियो । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरिएको थियो ।
२२ अगस्ट २०१७ मा यो समोसा तयार पारिएको हो । यस अघि रहेको कीर्तिमानी समोसा ११० किलो ८ सय ग्रामको थियो ।
हेर्नुस भिडियो कसरी तयार पारिएको थियो समोसा ।