विज्ञान : नङमा देखिने सोतो दाग के हो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 08:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

तपाईंहरूले कहिलेकाँही आफ्नो नङको बीचमा सेतो दाग देख्नुभएको होला । यस्तो दाग देखिँदा कतिपयले नयाँ लुगा लगाउन पाइन्छ भन्ठान्छन्भने कसैले क्याल्सियम वा जिंकको कमीको कारणले भएको हो भन्ठान्छन् । 

कतिपय चिकित्सकहरूकहाँ जचाउन जाने अवस्थामा समेत हुन्छन् । यस्तो अवस्थामा तपाईंहरूले नयाँ लुगा लगाउन पाउनु पनि हुँदैन भने यो शरीरमा कुनै कुराको मात्र कम भएर हुने कुरो पनि होइन । यसमा कुनै किसिमको अन्धविश्वास हुँदैन । 

नङको बीचमा सेतो दाग देखिनुको मुख्य कारण नङमा कुनै किसिमको चोट लाग्दा हुने गर्छ । यस्तो किसिमको चोट दुख्ने गरेरभन्दा पनि थाहा नपाउने किसिमले लाग्दा पनि हुने गरेको चिकित्सकहरू बताउँछन् । नङ विस्तारै बढ्ने हुनाले नङको वृद्धि हुने बेलामा कतिखेर चोट लाग्छ त्यो कसैलाई थाहै हुँदैन । नङ विस्तारै बढ्दै गएपछि यो पनि हराउँदै जान्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved