रुसमा जारी बिश्वकप फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा समीकरण पुरा भएको छ । यस संगै अब बिश्वकपमा ८ टोलि र ८ खेल बाँकि भएका छन् ।
क्वाटरफाइनलमा युरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, स्वीडेन, इंग्ल्यान्ड, रसिया र क्रोएसियाले स्थान बनाउन सफल भएका छन् । क्वाटरफाइनलका खेलहरु आगामी शुक्रबारबाट सुरु हुनेछन् ।
पहिलो क्वाटरफाइनलमा असार २२ गते शुक्रबार ७:४५ बजे युरुग्वे र फ्रान्स भिड्ने छन् भने सोहि दिन ११:४५ बजे ब्राजिल र बेल्जियम भिड्ने छन् । त्यस्तै असार २३ गते शनिवार ७:४५ मा स्विडेन र इंग्ल्यान्ड भिड्ने छन् भने राती ११:४५ बजे रसिया र क्रोएसिया भिड्ने छन् ।
सेमिफाइनलमा युरुग्वे र फ्रान्सबिचको खेलको बिजेताले ब्राजिल र बेल्जियमबिचको खेलको बिजेतासंग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्डबिचको खेलको बिजेताले रसिया र क्रोएसियाबिचको खेलको बिजेता संग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनलका खेलहरु असार २६ र २७ मा हुनेछन् भने उपाधि भिडन्त असार ३१ गते आइतबार हुनेछ ।
अब बाँकि ८ टोली मध्ये ४ टोली पुर्व बिश्व बिजेता हुन् ।