२८ बर्षपछी विश्वकपमा इंग्ल्यान्डलाई सफलता, स्विडेनलाई हराउदै सेमिफाइनलमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 07, 2018 | 10:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

स्विडेनलाई पराजित गर्दै इंग्ल्याण्ड जारि विश्वकप २०१८ को सेमिफाईनलमा पुगेको छ। समारा एरिना समारा रंगशालामामा भएको क्वाटरफाइनलमा स्विडेनलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। 

स्विडेन बिरुद्ध ऐतिहासिक जित हासिल गर्दै इंग्ल्याण्ड सन १९९० विश्वकपपछी पहिलो पटक विश्वकपमा सेमिफाइनलमा पुगेको हो। विश्वकपमा स्विडेन बिरुद्द इंग्ल्याण्डको यो पहिलो जित हो। 

खेलको पहिलो हाफको ३० औं मिनेटमा इंग्ल्याण्डका ह्यारी मागुरीले हेडमार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। मागुरीको यो पहिलो अन्तराष्ट्रिय गोल हो। 

दोस्रो हाफको पहिलो १० मिनेटमा बल पूर्णरुपमा आफ्नो दबाबमा राखेको स्विडेनले त्यसयता खस्किदो प्रदशन गर्यो। जस कारण इंग्ल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा गोल गर्दै सेमिफाइनलको यात्रा निश्चित गर्यो। इंग्ल्याण्डका लागि दोस्रो गोल डेली अलिले हेड मार्फत गरे। फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएशियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved