अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबबाट प्रशिक्षण लिई रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले राम्रो काम गरेर नेपालको नाम माथि राख्ने बताएका छन् ।
माइकल क्लार्कको आत्मकथाको किताब 'माई स्टोरी - माइकल क्लार्क' को प्रमोशनको लागि भएको फेसबुक लाइभमा सन्दिप पनि देखिएका थिए । सन्दिपले आफु अस्ट्रेलियामा'इन्जोए' गरिरह्रेको बताए । उनले भने 'आई लभ अस्ट्रेलिया, मज्जा आईरहेको छ, म यहाँ राम्रो गर्ने छु, मेरो लागि 'प्रे' गरिदिनु होला, नेपालको नाम माथि राख्ने छु' । सन्दिपले क्लार्कको अनुमति लिएर नेपाली मै सम्बोधन गरेका थिए ।
उनले सबैलाई सहयोगको लागि धन्यबाद पनि दिए । साथै क्लार्कको किताबको बारेमा उनले किताब राम्रो रहेको र पढिदिन पनि आग्रह गरे ।
क्लार्कले भने सन्दिपको खुलेरै प्रशसा गर्दै उनको भविष्य राम्रो रहेको बताए । उनले भने 'म सन्दिपमाथि दबाब दिन चाहन्न, उसले अहिले खेल 'इन्जोय' गर्नु पर्छ, निरन्तर सिनु पर्छ' । क्लार्कले सन्दीपले अहिले नेपालको भन्दा फरक पिचमा खेलिरहेकाले भबिष्यमा बिश्वको जुन सुकै पिचमा पनि सफल हुने बिश्वास लिए ।
क्लार्कको किताब आज सोमबार सार्बजनिक हुदै छ ।
हेर्नुस भिडियो