'बैंकलाई दलाल अनुमती कदापि दिनुहुन्न' -(ज्योति दाहाल, सेयर लगानीकर्ता एवम् विश्लेषक)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 09:02:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकलाई दलाल अनुमती कदापि दिनुहुन्न । पूँजीबजार सुधार गर्ने अन्य धेरै बाटाहरु छन । पूँजीबजार सुधारका अन्य बाटाहरु के के छ्न त्यसको बारेमा विभिन्न माध्यमबाट आफ्नो बिचारहरु सार्वजनिक गर्दै आएको छु।   

यो पनि: 'सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति मनोवैज्ञानिक त्रास बाहेक अरु केहि हैन' 

पूँजीबजारमा असंख्य दण्डहिनता मौलाएको छ जसले गर्दा लगानी गर्नेहरुलाइ सहज हुन सकेको छैन ।दलाल दोषी हुन भन्ने कुरा फगत कोरा कल्पना मात्र हो । एकादुइ हुन पनि सक्छन् । दोषी हुन भने कार्वाही गर्ने धितोपत्र वोर्ड छ । खराव कार्य गर्ने दलाल विरुद्ध वोर्डमा उजुरी हाल्न किन कोहि गएको छैन ?

लाभ लागतको आंकलन नगरी शेयर किन्ने आफैं दोषी हुन । आफ्नो लगानी सहि ठाँउमा हाले कसैलाई दोष लगाउनै पर्दैन । बैंकलाई दलाल अनुमती किन दिने भन्ने मेरो सैद्धान्तिक प्रश्नको जवाफ दिने कोहि भेटेको छैन ।अन्तर्राष्ट्रिय अभ्यास हो भनेर पन्छिने धेरै भेटेको छु ।

अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने हो भने अन्य देशमा भित्री कारोबार अपराध हो यहाँ किन गरिन्छ ? अन्तर्राष्ट्रिय अभ्यास अनुसार रोक्नुपर्ने हैन ? यस्तो कारोबार रोक्ने र दण्डित गरिने कानून ल्याइयोस भन्नुपर्ने हैन लगानीकर्ताको संगठनहरुले ?

शेयर अभौतिक भैसक्दा पनि साधारणसभा भएको महिनौं बित्दा पनि बोनस शेयर सूचीकरण नगराउने कम्पनीलाई कार्वाही गर्ने व्यवस्था मिलाउ भन्नुपर्ने हैन ?हकप्रद दिने घोषणालाई साधारणसभाले पारित गरेपछि पनि रद्द गर्ने कम्पनीलाई कार्वाही गर भन्नुपर्ने हैन ?

हकप्रद जारी भएर बाँडफाँड भैसक्दा पनि ६/७ महिनासम्म सूचीकरण नगराउने कम्पनीलाई कार्वाही गर भन्नुपर्ने हैन ?आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा अनिवार्य रुपमा गराउ भन्नुपर्ने हैन ?

यो पनि: सेयर बजारमा बिकसित पछिल्लो परिस्थिति र ब्रोकर लाइसेन्सबारे बहस 

शेयर कारोबार भएको दोस्रो दिन नै राफसाफ गराउ भन्नुपर्ने हैन ?पूँजीबजारमा भएका यस्ता असंख्य समस्यालाई किन वास्ता गर्दैनन् लगानीकर्ताका संघहरु ?

भएका ब्रोकरहरुलाई थप जिम्मेवारी दिने कि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु उपयुक्त ?  
व्यवसायलाई विशिष्ठिकरण गर्ने हो भने दलाल अनुमतिपत्र बैंकलाई दिनुहुन्न | अहिलेको समस्या बैंकलाई दलाल अनुमति नदिएर आएको हैन | आवश्यक छ भने नयाँ दलाल अनुमति खोले हुन्छ तर बैंकलाई दिनुहन्न |

दलालमा समस्या छ भने त्यसको पहिचान गरि समस्याको समाधानमा वोर्ड लाग्नुपर्छ | बैंकलाई सिधै दिने पनि हैन बैंकको सहायक कम्पनीले पाउने हो | दलाल अनुमति जसले पाएपनि नियमन गर्ने त वोर्ड नै हो | मर्चेन्ट बैंकहरु बैंककै सहायक कम्पनी हुन् तरपनि RTS सम्बन्धि कार्य सहज भएको छैन बैंकलाई दिएर हुने भए मर्चेन्ट बैंकप्रति गुनासो आउने थिएन |  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved