'नेपालको विकासको लागि व्यवस्था होइन जनताको अवस्था फेर्ने नेतृत्व चाहिएको छ' -दर्शन रौनियार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 09:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल किन विकास भएन ? नेपालमा के को अभाव छ ? अभाव स्रोतको कि सोचको ? यसमा धेरै टिका टिप्पणीहरु भई रहेका छन्। यहि सिलसिलामा हामीले विकासमा केहि योगदान दिने उदेश्यले ‘शनिबारे विकास बहस’ शृंखला सुरु गरेका छौ । यस अघि हामीले अनिल झा, अध्यक्ष नेपाल सद्भावना पार्टी,को विचार प्रस्तुत गरेका थियौ । बहसको आजको शृंखलामा मुभमेन्ट फर चेन्ज अभियानका संस्थापक दर्शन रौनियार:

नेपालको विकास नहुनुको मुख्य कारक यहाँको फोहोर राजनीति नै हो। नीतिहरुको राजनीति जब फोहोर हुन्छ अराजक बन्छ देशको बिकास सम्भब हुँदैन। जब मुहान नै फोहोर हुन्छ पुछारमा सहा गरेर नदि सफा हुँदैन। नेपालको राजनीति पनि विकासको मुहान फोहोर गर्ने मुख्य श्रोत हो। यस कारण यो देशका यी व्यापक सम्भावनालाई विकासमा बदल्ने हो भने देशको राजनीतिलाई सफा नगरि हुँदैन। यसका लागि नयाँ मिसन, भिजन र गोल सहितको नेतृत्त्व आवश्यक छ। 

यो पनि: 'नेपाली जनताले चाहे बैकल्पीक फोर्सको नेतृत्व लिन तयार छु'- दर्शन रौनियार 

अहिलेसम्म हाम्रो नेतृत्त्व खालि राजनीतिक परिवर्तनप्रति मात्रै सचेत भएको देखियो। यसै मेलोमा हामीले थुप्रै व्यवस्था परिवर्तन गर्यौ तर जति व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा भने परिवर्तन भएन। बरु हिजो भन्दा आज नागेकको अवस्थामा गिरावट आएको छ। 

साच्चै दश बिकास गर्ने हो भने अब हाम्रो नारा राजनीतिक व्यवस्था परीवर्तनबाट फड्किएर आर्थिक परिवर्तनतर्फ उन्मुख हुनु आवस्यक छ। हरेक नागरिकले समृद्ध भविष्यको परिकल्पना गरेका छन् त्यसका लागि राज्य जवाफदेही र कल्याणकारी हुनु पर्छ। 

यो पनि:"देश विकासको मूल आधार हो धार्मिक पर्यटन''-अनिल झा (अध्यक्ष, नेपाल सद्भावना पार्टी) 

समृद्धिका लागि कृषि 
नेपालको समृद्धिको मुख्य आधार कृषि नै हो। यहाँको कण कण कृषि मैत्री छ। माटो, हावापानी, जनताको मेहनती भावना सबैले कृषिलाई महत्त्वपूर्ण साथ दिएको छ। अहिलेको ३० बर्ष अगाडी सम्म नेपालको कृषि उत्पादनको एक तिहाई उत्पादन विदेश निर्यात हुन्थ्यो। किसानको उत्पादनले बैदेशिक मुद्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो तर अहिले कृषिका आयातक राष्ट्र बनिरहेका छौ । हरेक उत्पादन यहाँबाट निर्यात हुनुको सट्टा प्रत्येक बर्ष खाद्यान्न आयातको मात्रा बढिरहेको छ। 

यो पनि: देश विकासको पहिलो सर्त 'राष्ट्रहित बिरुद्द जानेहरुलाई निर्ममतापूर्वक दमन' -लिलामणि पोख्रेल,नेता, नेकपा माओवादी केन्द्र

कृषि क्षेत्रलाई कुल ग्राहस्थ उत्पादनको मुख्य श्रोत बनाउन अब कृषिमा कर्पोरेट हाउसहरुको प्रवेश आवश्यक छ। टुक्रे र काम चलाउ खेतीले अब देश बिकास सम्भब छैन। यस्तो परम्परागत उत्पादन त हामीले युगौ देखि गरिरहेका छौं। अब त खेतिपनि बिज्ञान प्रविढिका आधुनिक यन्त्रको प्रयोग बाट गर्नु पर्छ। 

यसका लागि राज्य संरक्षक बन्नु पर्छ। कर्पोरेट हाउसहरुलाई उत्पादनको जिम्मा दिनु पर्छ। यसो गर्न सक्यौ भने हामीले असाध्यै छोटो समयमा तरक्की गर्न सक्छौ। 

यो पनि: "जवाफदेहिताका साथ राष्ट्र विकासमा लाग्ने हो भने नेपालमा पुंजीको अभाब होइन बाढी लाग्छ" 

सरकार उत्पादन मैत्री 
आयात प्रतिष्थापन गरेर क्रमश निर्यात प्रवर्धन हुने खालका र देशको परिचय स्थापित हुने खालका उद्योग प्रति सरकार पूर्ण त फ्रेन्डली हुन पर्छ। कृषि उद्योग, पशु जन्य उद्योग र स्थानीय स्रोतमा आयातित अन्य उत्पादनलाई राज्यले सहयोग र संरक्षण गर्नु पर्छ। आधारभूत संरचना निर्माणका लागि राज्यले सहयोग र संरक्षण गर्नु पर्छ। 

मलाई थाहा छ, अमेरिकामा तत्कालिन राष्ट्रपति रुजबेल्टले सामाजीक कल्याणका ब्यापक परियोजना सुरु गुर्नु भएको थियो। यिनै परियोजनाले अहिले अमेरिकालाई संसारको प्रुमुख अर्थतन्त्र बनाएको छ। जापान, कोरिया लगायतका देशपनि यसै गरि विश्व आर्थिक परिवेशमा उदाएका हुन। यसकारण सरकार उत्पादन मैत्री बन्नु पर्छ। 

यो पनि: 'हामी बिजुली बाटै ३ सय करोड आम्दानी गर्न सक्छौ तर बजारीकरण गर्न लजाईरहेका छौ' 

हाम्रा सांसद कानुननै पढ्दैनन
अरु त अरु जसले कानुन बनाउने हुन उनीहरुनै कानुन पढ्दैनन भन्ने थुप्रै दृष्टान्त छन। आयात प्रतिस्थापन गर्न अवरोध बनेका देशका प्राकृतिक श्रोत र साधनको उपयोगमा बाधक रहेका कानुनलाई स्थापित गर्ने पर्छ। पुंजिबादमा केहि पनि सरकारले सामाजिक कल्याण नगर्ने भनिएकै छैन। हामीले पनि पुंजिबाद अवलंबन गरेको अवस्थामा सरकारले उसको अर्थ व्यवस्था देखाएर लगानी नगर्नु र दायित्वबाट पन्छिनु हो। यस कारण सांसदहरुले पढ्ने संस्कृतिको बिकास गरौ। कानुनमा रहेको बिकासका अवरोधक दफाहरुलाई चुनौती दिउ। 

यो पनि: '५० हजारको स्किमले त्यति ठुलो कभरेज त नहोला तर सिस्टम बसाल्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ' -डा. गुणराज लोहनी 

आवश्यकता श्रमको सम्मान 
हामि परम्परागत चिन्तनबाट ग्रसित छौ। कुरा काट्ने, खुट्टा तान्ने मनोदशाबाट माथि उठ्नै पर्छ। श्रमलाई सम्मान गर्न, मिहिनेत अनुसारको प्रतिफल प्राप्त गर्न वाताबरण तयार पार्न तर्फ नलागे हाम्रो समाज उपभोक्ता समाज मात्रै बन्ने पक्का छ। यसकारण सबै मिलेर श्रमको सम्मान गर्ने वातावरण बनाउन तर्फ लागौ। 

देश बनाउन सम्भब छैन यहि रहेका युवाहरुबाट 
प्रथमत: यदि देश बनाउने हो भने दुनिया बुझ्नु पर्छ। प्रविधि जान्नु पर्छ र समस्या भएको ठाउमा प्रहार गरेर तुरुन्तै समाधान निकाल्न सक्नु पर्छ। देश बनाउन धेरै ब्यापक मिसन, विभिन्न चरणमा प्राप्त गर्न सकिने गोल र त्यसलाई प्राप्त गर्ने विभिन्न चरणको भिजन आवश्यक छ। स्वदेशमै रहेको जनशक्तिबाट पूर्ण रुपमा यो सम्भब छैन। यहाँ यस्तो जनशक्ति नभएकै त होइन र पूर्ण छैन। त्यसैले संसार भर छरिएर रहेका नेपालीलाई देश बनाउन स्वदेश फर्कन आब्हान गर्नु पर्छ। विभिन्न क्षेत्रमा विज्ञता प्राप्त गरेकाहरुलाई स्वदेशमा काम गर्ने बातावरण बनाउनु पर्छ। मलाई लाग्छ, यो देश बन्दै छ भन्ने 'यस्सुरेंस' हुन्छ भन्ने यहाँ आवश्यक पर्दाका दिन दुनियाँ भर रहेका नेपालीहरु फेरी नेपाल फर्किने छन। 

ग्राहो छैन देश बनाउन 
हाम्रो जस्तो सबै सम्भावनाले पूर्ण यो देशको कायापलट गर्न गाह्रो छैन। यहाँको भूगोल, यहाँका जनता र यहाँका जनताको श्रमजीबी चरित्र सबैले यो देशलाइ समृद्द गराउन खासै अप्ठ्यारो छैन। खालि चाहिएको छ देशप्रतिको चिन्ता, देशलाई मायाँ गर्ने मन चाहिएको छ। अब व्यवस्था होइन जनताको अवस्था फेर्ने नेतृत्त्व चाहिएको छ। जनता र देशप्रति सेवाभावले लाग्ने राजनीतिक नेतृत्व भए यो देश बनाउन धेरै कुर्नु पर्दैन। 

'नेपालको विकास न त भर्जिन रह्यो न त गर्भवति नै'- रामहरी खतिवडा (सांसद,नेपाली कांग्रेस) 

म भए भने....
यदि यो देशको नेतृत्त्व मेरो हातमा आयो भने जनताले थाहा पाउनेगरी २ बर्षमै मैले परिवर्तन गर्न सक्छु। मसंग तत्काल, अल्पकाल, मध्यकाल र दिर्घकालका योजना छन यो देशको बिकास गर्न। अहिले म मेरो यिनै योजनालाई लिएर जनतासंग जाने काममा लागेको छु। युवा पुस्ता मेरा योजनाप्रति उत्साहित छन। यसकारण म यो देशको नेतृत्त्वमा आए भने अत्यन्तै छोटो समयमा समृद्द नेपाल बनाउन सक्छु। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved