भूकम्प प्रभावित विद्यालयमा खानेपानीका लागि सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 04:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्प प्रभावित भवानी मावि, नुवाकोटको खानेपानी निर्माणका लागि दुई लाख सहयोग भएको छ। भूकम्पबाट पानीको मूल सुकेपछि विद्यालयमा खानेपानीको समस्या देखिएकाले सो निर्माणका लागि व्यवसायी लक्ष्मी मगराती र विद्यालय पूर्वविद्यार्थी हाल जापान निवासी आइतबहादुर तामाङले आज एक एक लाख सहयोग हस्तान्तरण गरे। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामा र निमित्त प्रअ रामप्रसाद दाहाललाई सहयोग हस्तान्तरण गरेका हुन्। तामाङबस्ती रहेको क्षेत्रको विद्यालयमा नौ सय विद्यार्थी अध्ययनरत छन्। 

अध्यक्ष लामाले खानेपानीका लागि जिल्ला खानेपानी कार्यालयले वास्ता नगरेका समयमा विभिन्न व्यक्तिगत सहयोगको सदुपयोग गरिने बताइन्। उनले विद्यालय भवन पनि भत्किएकाले हालसम्म विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा पढिरहेको अवस्थामा पुनःनिर्माणका लागि रुम टु रिडले सहयोग गर्ने भएको जानकारी दिइन्। सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले राजधानी नजिकैको विद्यालयमा राज्यबाट पर्याप्त सहयोग पुग्न नसक्नु दुःखद् भएको बताइन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved