"कोल्ड स्टोर - एक सम्भावनायुक्त ब्यबसाय"

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 11:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बिचौलियाको कारणले कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य नपाएको यथार्थलाई जतिपटक दोहिर्याए पनि कम हुन्छ । यता उत्पादक मारमा पर्छन भने उता उपभोक्ता मारमा पर्ने गरेका छन् । तरकारी उत्पादन गर्नेहरु गरिब, किनेर खानेहरु गरीब तर बेच्नेहरु मालामाल छन् । 

यसको अन्त्य गर्नको लागी सरकारी निकायहरुको पहिलो भुमिका हुन्छ भने आम जनता र उपभोक्ताहरुको दोश्रो भुमिका हुन्छ  । उपभोक्ता या ब्यापारीहरुले यसलाई दुई तरिकाबाट निराकरण गर्न सक्छन, पहिलो त सम्बन्धित निकायलाई सचेत गराएर, दोश्रो ब्यबहारिक रुपमा आफैं यसमा संलग्न भएर । 

काठमाडौंमा मात्र दैनिक १५ करोडको हाराहारीमा तरकारीको कारोबार हुन्छ । कारोबारको ९० प्रतिशत चाहिँ खुला ब्यापार हुन्छ । तरकारीलाई सुरक्षित तापक्रममा स्टोर गरेर बजारको आवश्यकता अनुसार आपुर्ती गर्ने संरचना नेपालमा देख्न पाइँदैन । यदि टमाटरको कुरा गर्ने हो भने, टमाटर पाकेपछी खुला वातावरणमा त्यो नकुहिने अबधी तीन देखी चार दिन हुन्छ भने करिब तीन देखी पाँच डिग्री सेल्सियसमा त्यसलाई स्टोर गर्न सकियो भने त्यसको नकुहिने अबधी बढेर २१ देखी २५ दिनसम्म पुग्छ । 

स्टोर गरेर राख्नुका धेरै फाइदाहरु हुन्छन् । पहिलो फाइदा भनेको बजारलाई जति आवश्यक छ उति मात्रामा तरकारीको आपुर्ती गरेर बाँकी रहेको तरकारीलाई सुरक्षित रुपमा अर्को दिनको लागी स्टक राख्न सकिन्छ । दोश्रो फाइदा तरकारीको मुल्यमा आउने उतारचढाव धेरै कम गर्न सकिन्छ, तेस्रो फाइदा, बन्द हड्ताल या अन्य कुनै बाहिरी कारणले तरकारी कारोबारमा पर्ने असर कम हुन्छ, चौथो फाइदा उपभोक्ताले स्टोर गरिएको तरकारी  दैनिक रुपमा किनेर लैजान्छ, एकैचोटी धेरै किनेर घरमा स्टोर राख्दैन फलस्वरुप दैनिक उपभोक्ताहरु बढ्छन र स्टोरमा खर्च हुने उर्जा (जस्तै फ्रीज) बचत हुन्छ । यि बाहेकका अन्य धेरै फाइदाहरु छन् जसले दीर्घकालमा तरकारीको ब्यबसायलाई ब्यबस्थित बनाउँछ । 

कोल्ड स्टोरमा अनुदान दिने सरकारी नीति भए पनि त्यसको लाभ धेरैले लिन सकेका छैनन् । कतिपय ब्यक्ती वा संस्थाहरुलाई यसका फाइदाहरुको बारेमा थाहा छैन र कतिपयले प्राबिधिक जानकारीको अभावमा यसको उपयोग गर्न सकेका छैनन । ठुलो परिणाममा तरकारी स्टोर गर्नको लागी आवश्यक पर्ने सामानहरु महंगो हुने भएकाले पनि यसलाई धेरैले जोखिमयुक्त मानेका छन । 

अझै पनि काठमाडौंको जनसंख्याको आधा भन्दा धेरै उपभोक्ताहरु तरकारीको लागी ठेलागाडामा भर पर्ने गरेका छन । यो तथ्यांकले राजधानी मै बस्ने उपभोक्ताहरुको चेतना (consumer sense) न्युन छ भन्ने देखाउँछ । 

करिब २ करोडको लगानीले ६०  देखी १०० जनालाई प्रत्यक्ष रोजगारीका साथै सयौं कृषकहरुलाई अप्रत्यक्ष रोजगारी दिन सक्ने कुनै गाह्रो बिषय होइन

तरकारीलाई स्टोर गरेर ब्रान्डिङ गर्ने र बेच्ने ब्यबसायलाई मुख्यत 'कर्पोरेट बिजनेशको' अवधारणामा गर्न सकिन्छ । तरकारीको ब्यबसाय भन्ने बित्तिकै धेरैले कृषी सहकारी या होलसेल पसल भनेर बुझ्ने गर्दछन । करिब २ करोडको लगानीले ६०  देखी १०० जनालाई प्रत्यक्ष रोजगारीका साथै सयौं कृषकहरुलाई अप्रत्यक्ष रोजगारी दिन सक्ने कुनै गाह्रो बिषय होइन । त्यसबाट तरकारीको गुणस्तर कायम हुन गई उपभोक्ताहरुको चेतनामा पनि अभिबृद्दी हुने, अनि ठेलागाडाहरुको बिस्थापन भएर तरकारी ब्यबसायबाट पनि ठुलो मात्रामा सरकारलाई कर प्राप्त हुने र अनलाइन अर्डरको ब्यबस्था गरेर घरमै होम डेलिभरी गर्न सक्ने खालको ब्यबस्थापनले ब्यबसायीलाई फाइदा त दिन्छ नै, त्यो भन्दा बढी तरकारी ब्यबसाय कमाउ धन्दा मात्र नभएर सेवाको ब्यबसाय पनि बन्दछ । 

बिभिन्न खालको राजनीतिक संक्रमणको असर सबभन्दा पहिला तरकारी ब्यबसायलाई नै पर्ने गर्दछ । गाडिको आवतजावत बन्द हुँदा तरकारीको आपुर्ती रोकिन गई उपभोक्ताले पनि स्वस्थ र ताजा तरकारी उपभोग गर्न पाउँदैनन । 

बाहिरबाट सीप र प्रबिधी सिकेर नेपाल गएका धेरै नेपालीहरु यस ब्यबसायमा आईपर्ने जटिलताहरुको समाधान गर्न नसकेर यसमा हात हालेका छैनन भने हात हालिसकेकाहरु जेनतेन ब्यबसाय धान्ने काममा मात्र संलग्न छन् । 

यो ब्यबसायका लागी मुख्य रुपमा दुइवटा कुरा पहिल्यै सोच्नुपर्ने हुन्छ, पहिलो तरकारीमा गरेको लगानी कुनै कम्प्युटर या कपडामा गरेको लगानी जस्तो २/४ महिना फ्रीज हुँदैन र पैसाको टर्न ओभर दिनदिनै उत्तिकै मात्रामा भईरहेको हुन्छ, त्यसको ब्यबस्थापन प्रमुख कुरा हो । अर्को कुरा चाहिँ उत्पादकहरु संगको सुमधुर सम्बन्ध महत्वपूर्ण छ । जसले उत्पादन गरेको तरकारी तथा फलफूलहरु आफुले किनिसकेपछी छुट्टै ब्राण्डमा बेचिन्छ, उनिहरुलाई गुणस्तरीयता कायम गर्न लगाउनको लागी विभिन्न सहयोगहरु गर्न सकिन्छ जसबाट उत्पादमा पनि वृद्धि होस । उत्पादनमा वृद्धि हुनु भनेको लागत घट्नु हो र कम लागतमा उत्पादन भएका कृषिजन्य उत्पादनहरुको मूल्य स्वाभाविक रुपमा कम हुन्छ । 

उत्पादनमा वृद्धि हुनु भनेको लागत घट्नु हो र कम लागतमा उत्पादन भएका कृषिजन्य उत्पादनहरुको मूल्य स्वाभाविक रुपमा कम हुन्छ

काठमाडौंमा बढीरहेको जनसंख्यालाई स्वस्थ तरकारी र फलफूल आपुर्ती गर्ने जिम्माबाट सरकार निरन्तर रुपमा पन्छिइरहेको अवस्थामा युवाहरु मिलेर काठमाडौंमात्र होइन देशका अन्य भागहरुमा पनि कोल्ड स्टोरको ब्यबसायलाई बढाउन जरुरी छ । लगानी नडुब्ने सुनिश्चितताको लागी बिज्ञहरुलाई सहभागी गराएर निरन्तर सल्लाह लिन सकिन्छ ।

नेपाल जस्तो बिकासोन्मुख देशमा धेरै जसो क्षेत्रमा लगानी गर्दा जोखिम र सम्भावना दुबै उच्च हुने गर्दछन । जोखिमको डरले ब्यबसाय शुरु नै नगर्ने र बिदेश नै जान खोज्ने हो भने देश रेमिटको भरमा मात्र चल्ने अवस्था आउँछ । त्यो पक्कै खुसीको कुरा होइन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved