एनआइसी एसिया बैंकको हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 09:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकको हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय भएको छ । हकप्रद निष्काशन परयोजन्को लागि शेयरधनि दर्ता पुस्तिका चैत्र ७ गते बन्द हुने बैंकले जनाएको छ  ।  अर्थात् चैत ६ सम्म कायम शेयरधनिले मात्र हकप्रद प्राप्त गर्न सक्ने छन्  ।

 बैंकले १०० बराबर १५ कित्ता सेयर अर्थात १५ प्रतिशत हकप्रद बिक्रि गर्नका लागि बोर्डमा आबेदन दिएको थियो भने फागुन २४ मा हकप्रद निष्काशनको अनुमति पाएको थियो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।  

बैंकको गत असोज १८ मा बसेको बार्षिक साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।

१५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन २० प्रतिशत हाराहारी बोनस सेयर वितरण गर्नु पर्ने छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved