आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेल किर्तिपुर मैदानमा जारि छ । टस हारेर ब्याटिंग गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ ।
नेपालले केन्यालाई ४६.१ ओभरमा अल आउट गरेको हो । नेपालका लागि शरद भेष्वाकर सर्बाधिक ४ विकेट लिए । उनले ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका हुन् ।
त्यस्तै बसन्त रेग्मी र मेहबुब आलमले समान २-२ विकेट लिए । सन्दिप लामिछाने र सगर पुनले समान १-१ विकेट लिए ।
शक्ति गौचन र सोमपाल कामी भने विकेट बिहिन बने ।
यस अघिको खेलमा हार बेहोरेको नेपाली टिम जित्ने पर्ने दबाबमा छ।
हेर्नुस लाइभ