आज भारत जादै नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, यस्तो छ कार्यक्रम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 09:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै छन्। आज दिउँसो ३:३० बजे उनी दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ  । 

उनले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्ने छन् । उनले  ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ  । 

त्यस्तै १९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने छन् । त्यसैगरी उनले  २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने छन् ।

साथै उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने छन्  । भट्टराई २१  मार्चमा नेपाल फर्कने कार्यक्रम छ   ।

यहि कार्यक्रममा भाग लिन उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधि सोमबार नै त्यस तर्फ प्रस्थान गरेका छन्   ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved