सानिमा बैंकले पायो हकप्रद निष्काशनको अनुमति, चुक्ता पुंजी ७ अर्ब नजिक पुग्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 10:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सानिमालाई १०:३ को अनुपातमा अर्थात्  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।

बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १  करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ । 

सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved