कर असुलीमा महानगरपालिकाको 'छलांङ', एनसेल देखि बिग हाउससम्म 'ब्ल्याक लिस्ट'को घेरामा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 08:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डौ महानगरपालिकाले यस आर्थिक बर्षमा बिज्ञापन कर असुलीमा उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक बर्ष फागुन मसान्तसम्म ९ लाख मात्रै  असुल गरेको महानगरपालिकाले यस अवधिमा भने ४ करोड २० लाख भन्दा बढी बिज्ञापन कर असुल गर्न सफल भएको छ। 

गत आर्थिक बर्ष महानगरपालिकाले बिज्ञापन कर बापत ४ करोड १८ लाख रुपैयाँ उठाएको थियो। तर उसले यस आर्थिक बर्षको फागुन मसान्तसम्म ४ करोड २० लाख रुपैयाँ भन्दा बढी बिज्ञापन कर असुल गरेर प्रगतिको उदाहरण पेश गरेको छ। 

महानगरपालिकाले ३ महिना भित्र नै ठुलो अंकको बिज्ञापन कर उठाउन सफल भएको हो। बिज्ञापन कर नतिर्ने कम्पनीहरुलाई कर तिर्न बारम्बार ताकेता गर्ने र कर तिर्न नआउने कम्पनीहरुलाई होर्डिङ बोर्ड राख्ने नदिने रणनीति महानगरपालिकाले अपनाएको छ। यसै अन्तर्गत महानगरपालिकाले केहि साता अघि देखि कर नतिर्ने कम्पनीहरुको होर्डिङ बोर्ड उठाउने कामलाई तिब्रता दिएको छ।

बिज्ञापन कर नतिर्ने कम्पनीहरुलाई तिर्न ताकेता गर्दा पनि बेवास्ता गरेपछि महानगरपालिकाले यस्ता कम्पनीहरुको होर्डिङ बोर्ड उठाउने अभियान नै सुरु गरेको छ। यसै अन्तरगत उसले गत साता मात्रै केहि मोबाइल कम्पनीहरुको होर्डिङ बोर्ड झिकिदिएको छ। 

समयमै बिज्ञापन कर नतिर्नेहरुलाई पत्राचार गरिरहेको काठमान्डौ महानगरपालिका राजश्व बिभागका शाखा अधिकृत अब्दुल मजिद खानले बिजपाटीसंगको कुराकानीमा बताए। 'उनीहरुलाई पत्राचार गरेका छौं, अटेर गरे होर्डिङ बोर्ड उठाउने मात्र होइन, ब्ल्याक लिस्टमा नै राख्छौ' उनले भने।  

नाम कहलिएका ठुला कम्पनीहरुले समेत बिज्ञापन कर तिर्न आनाकानी गर्दै आएका छन। नेपालकै टप टेनमा पर्ने अधिकांश कम्पनीहरुले बिज्ञापन कर नै तिरेका छैनन। बिज्ञापन कर नतिर्नेको सुचिमा चौधरी ग्रुपदेखि अन्य ठुला समूहहरु रहेका छन। 

यता पुँजीगत लाभकर छली गरेका कारण निकै विवादास्पद बनेको एनसेलले समेत बिज्ञापन कर अन्तर्गत अपुग रकम मात्रै तिरेको छ। एनसेलले यस अवधिसम्म तिर्नु पर्ने १ करोड ५३ लाख ७९ हजार ३७५ रुपैयाँ मध्ये ७७ लाख रुपैयाँ मात्र तिरेको छ। एनसेलले गत बर्ष बिज्ञापन कर अन्तर्गत १ करोड ३५ लाख तिरेको थियो। 

बिज्ञापन कर नतिर्नेको सुची धेरै लामो रहेको छ। जसमा नेपालका धेरै बाणिज्य बैंक, विकास बैंक, गाडी कम्पनीहरु, टेलिफोन कम्पनी, इन्टरनेट प्रदायक कम्पनी, मोबाइल कम्पनीहरु, सिमेन्ट उत्पादक कम्पनीहरु रहेका छन्। 'शहरको रुपनै कुरूप हुने गरि जताततै होर्डिङ बोर्ड राख्ने अधिकांश कम्पनीहरुले बिज्ञापन कर नै तिर्दैनन, यिनीहरुलाई कारबाहीको घेरामा ल्याएर जसरि पनि कर असुल गर्छौं' शाखा अधिकृत खानले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved