चीनमा बढ्यो लागु औषधको कारोबार

रासस

रासस

Jun 20, 2017 | 06:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा पछिल्ला केही बर्ष यता लागु औषध अपराधमा वृद्धि भएको पाइएको चीनले मङ्गलबार जनाएको छ । चीनमा सन् २०१२ देखि सन् २०१६ सम्मको अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै भनिएको छ, “चीनमा चार बर्षको अवधिमा जम्मा पाँच लाख ४१ हजार लागुऔषध सम्वन्धि मुद्दा परेको र लागु औषध कारोबार सम्वन्धि मुद्दामा पाँच लाख अभियुक्तलाई कसुर बमोजिमको कारबाही गरेको चिनियाँ ‘सुप्रिम पिपुल्स कोर्ट’ ९एसपिसी० ले मङ्गलबार जारी गरेको अध्ययन प्रतिवेदनमा चीनमा लागु औषधजन्य अपराध सवैभन्दा तीब्र रफ्तारमा बढेको पाइएको जनाएको हो ।” 

सन् २०१२ मा सम्पूर्ण आपराधिक मुद्दाको जम्मा ७।७३ प्रतिशत मुद्दा रहेको थियो तर सन् २०१६ मा यसखाले मुद्दामा झण्डै तीन प्रतिशतले वृद्धि भई १०।५४ प्रतिशत पुगेको उक्त अदालतले जनाएको छ । एसपिसीका प्रमुख न्यायधिस सियोयिङले “लागु औषधजन्य अपराध देशैभरी फैलिएको भएपनि दक्षिणी, दक्षिणपश्चिमी, पूर्वी तथा मध्य चीनमा यसको खास बढी असर देखिएको” बताउनुभयो । 

चीनले यो समयमा लागुऔषध कारोबार, उत्पादन र ब्यापारसम्बन्धि अपराधलाई नकिबाट हेरेको र पछिल्लो समय नयाँ नयाँ किसिमका लागु औषधजन्य मुद्दा भेटिन थालेको बताएका छन् । एसपिसीले लागुऔषध अपराध नियन्त्रणका लागि बनेको चीनको कानून अनुसार दोषी उपर कारबाही गरिनेगरिएकोे बताए।  

यो चार बर्षको समयमा लागुऔषध कारोबार, उत्पादन वा व्यापारजन्य मुद्दामा सम्लग्न एक लाख १९ हजार अपराधिलाई पाँचबर्ष वा सो भन्दा बढी जेल सजाँय दिइएको र यो कुल लागु औषध अपराधिको २१।९१ प्रतिशत भएको पनि प्रशासनले जनाएको छ । रासस

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved