अमेरिकी सैन्य शिवीरनजिकै आठ अफगान सुरक्षा गार्डको हत्या

रासस

रासस

Jun 20, 2017 | 06:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ ।  एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् । रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ । सो आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ । 

सो स्रोतले यस घटनाको विषयमा विस्तृत विवरण भने नदिएको र अनुसन्धानरत रहेको जानकारी दिएको छ । यस घटनासम्बन्धी विस्तृत विवरण सञ्चारमाध्यमलाई पछि दिइने जानकारी दिइएको छ । ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ । यस सैन्य शिवीरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु गत १६ बर्षयतादेखि कार्यरत रहेका छन् । ब्यागरम जिल्लाको साह आका इलाकामा भएको यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मा लिएको छैन् । 

तर गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरिबसेका तालिवान आतङ्ककारीहरुले नै सो हत्या गरेको प्रहरीको दाबी छ ।तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । रासस

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved