धादिङमा भूकम्प, एक मजदुरको मृत्यु, एक बालक घाइते

रासस

रासस

Jun 21, 2017 | 07:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान आएको भूकम्पको धक्काका कारण धादिङमा एक जनाको मृत्यु भएको छ  ।  एक घाईते भएका  छन् । भूकम्पको धक्काका कारण दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका ५ मा इट्टा भट्टामा काम गर्ने एक मजदुरको ज्यान गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुुधबार बिहान करिब बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको जानकारी दिएको छ ।  भारत दरवंगा स्थायी घर भएका भट्टाका  मजदुर ३५ वर्षीय रिजन सदाई भट्टामा रहेको इट्टा मिलाउँदै थिए । सोही समयमा आएको  भूकम्पको धक्काका कारण इट्टाले लागेर उनको मृत्यु भएको हो । ईट्टाले लागेर घाईते भएका  उनका  १० वर्षीय छोरा   दलम सदाईको भने  काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved