गाई फार्ममा आगलागी भएको घटनाको छानबिन गर्न माग

रासस

रासस

Jun 21, 2017 | 09:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

वाग्मती सफाइ महाअभियानले गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा आगलागी भई मरेका राष्ट्रिय जनावर गाईका विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । सफाइ महाअभियानको आज पशुपति क्षेत्रमा बसेको बैठकले दुःखद् घटनामा परी मरेका राष्ट्रिय जनावर गाईको राष्ट्रियस्तरमा शोक मनाउन पहल गर्ने निर्णय गरेको छ । असार ३ गते शनिबार विद्युत् जोड्ने क्रममा आगलागी भएर मर्ने गाईको सङ्ख्या अहिलेसम्म ८० पुगेको छ । अनिता पौडेल, बाबुराम कार्की लगायतले सञ्चालन गरेको ओम कृषि फार्ममा १२२ गाई थिए । घाइते बनेका १६ गाईको अवस्था अझै चिन्ताजनक छ । महाअभियानको आजको बैठकले असार १० गते २१५ औँ हप्ताको वाग्मती सफाइ त्रिपुरेश्वर पुलमा गर्ने निर्णय गरेको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved