हतकडीसहित भागेका व्यक्ति फेला

रासस

रासस

Jun 21, 2017 | 09:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिन्धुलीको प्रहरी चौकी चकमकेबाट हतकडीसहित भागेका व्यक्ति आज तीनपाटन गाउँपालिका–६ वालाजोरमा फेला पारेका छन् । प्रहरीले असार ४ गते तीनपाटन वडा नं। ११ लाम्पान्टारबाट २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेकै दिन राति हतकडीसहित फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष प्रहरी टोली परिचालन गरी खोजी गर्दा आज उनी फेला परेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी श्रीमती परिवारका सदस्य तथा छिमेकीलाई कुटपिट गरेको उजुरी परेपछि उनी पक्राउ परेका थिए । 

पक्राउ परेका व्यक्ति हतकडीसहित फरार भएपछि चौकीमा रहेका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र १५ म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा झिकाइएको छ । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved