विदेश पठाई दिन्छु भन्दै डेढ करोड ठगि गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 08:33:56 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । 

ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताव । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved