काठमाडौंको टोखामा सोमबार बिहानै गोली चलेको छ। प्रहरीले चोरी तथा डकैतिमा संलग्नलाई पक्राउ गर्न गोलि चलाएको जनाएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले डकैतिमा संलग्न काले भनिने विष्णु भुजेललाई नियन्त्रणमा लिन गोली चलाएको हो । उनी प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनको वीर अस्पतालमा उपचार भईरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए । त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई छ ।