गत जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएसँगै विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले श्रेष्ठको शनिबार मृत्यु भएको र उनी पनि विप्लवकै कार्यकर्ता भएको बताए ।
सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।