बच्चाको ‘डाइपर’मा लुकाएर सुन तस्करी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 03:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करले तस्करीको नयाँ उपाय सुरु गरेका छन् । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले सक्रियता बढाएपछि सुन तस्करले नयाँ उपाय अपनाउन थालेका छन् । 

महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले आइतबार कतारबाट हिमालयन एयरलाईन्समार्फत नेपाल उत्रेका मोरङका लीलाबहादुर बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतले बोकेर ल्याएको पार्सल खोतल्दा प्रहरी नै अचम्मित भएको छ । बस्नेतले ल्याएको पार्सल भित्र स्याम्पु र बच्चाका लागि लगाईने डाइपर थिए । प्रहरीले धेरैपटक पार्सल पल्टाएपछि मात्रै केही चिज फेला पर्यो । ती चिज रिङ आकारका सुन थिए । टाँक भित्र सुन लुकाएर ल्याएका थिए बस्नेतले ।

२२ वटा डाइपर भित्र लुकाएर ल्याइएको एक सय ७५ वटा टाँक भित्र रिङ आकारका सुनको तौल ४ सय ग्राम छ । परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार बस्नेतले कतारमा रहेका साथीले सामान पठाएको र आफूले बोकेर मात्रै ल्याएको बयान दिएका छन् । तीन वर्ष कतारमा बसेर फर्किएका बस्नेत बाबुको किरिया गर्न नेपाल आएका थिए । 

प्रहरीले नवलपरासीका वीरबहादुर थारुलाई पनि पक्राउ गरेको छ । थारुले पनि बस्नेतकै शैलीमा सुन ल्याएका थिए । थारुको साथबाट भन्सारले एक सय ९० ग्राम सुन बरामद गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved