चार देशमा प्रस्तावित राजदूतको सुनुवाई जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 07:12:36 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न देशका लागि प्रस्तावित चार राजदूतको सुनुवाई सोमबार हुँदैछ ।  संसदीय सुनुवाइ विशेष समितिको बैठकमा अहिले सुनुवाई भईरहेको छ । 

समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेका छन्, तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल हुने छैन । समितिले नाम अनुमोदन गरेपछि नियुक्तिको बाटो खुल्ने छ ।

गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिन असार १४ गतेसम्म समयसीमा दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved