जवाफदेहिता बिनाको स्वायत्तता अराजक हुन्छ : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 09:53:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले  जवाफदेहिता बिनाको स्वयत्तता अराजक हुने बताएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ भवन  शिलान्यास कार्यक्रमा बोल्दै मन्त्री खतिवडाले वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्न जवाफदेहिता आवश्यक हुने बताएका हुन् । केन्द्रिय बैंक स्वायत भएको भन्दै , स्वायततालाई कायम गर्दै वित्तीय प्रणलीको नेतृत्व केन्द्रिय बैंकले लिनुपर्ने उनले बताए । उच्च आर्थिक वृद्धि हासिल गर्नको लागि आर्थिक स्थायित्व आवश्यक पर्न  उनले बताए । मन्त्री खतिवडाले वित्तीय प्रणाली राम्रो नभए बिमा, धितोपत्र लगायतको अस्तित्व नै खतरामा पर्ने बताए । 

अहीले मुलुक आर्थिक पुनर्निमाण्र्णको चरणमा रहेकोले यो सँगै संघियता अनुरुपको वित्तीय प्रणाली, आर्थिक प्रणली र शाासकीय प्रणलीको निमार्ण गर्नुपर्ने उनले बताए । सरकाले विग्रेको लगानीको वातावरण बनाउने प्रयास गरिरहेको भन्दै त्यसको लागि आर्थिक तथा वित्तीय स्थायित्व जरुरी रहेको उनको भनाई थियो । 

उनले नगद कारोबारलाई विद्युतीय कारोबारमा लैजान राष्ट्र बैंकले बिशेष भूमिका खेल्नु पर्ने बताए । नेपालको निष्क्रिय कर्जा न्यून भएको बताउदै मन्त्री खतिवडाले नेपालको बैंकिंङ क्षेत्र एशिया कै उत्कृष्ट भएको दाबी गरे पछिल्लो एक दशकमा सरकारी लगानीका दुई वटा बैंकलाइै पुर्ण रुपमा स्वस्थ बनाउन क्षेत्रका बैंकहरुसँग सहज रुपले प्रतिस्पर्धा गरिरहेको पनि उनले बताए । 

उनले लगानी बढाउने मात्र नभई प्रतिफल पनि बढाउनु पर्न  बताए । लगानीको वातावरण अझै बनि नसकेको बताउदै मन्त्री खतिवडाले लगानीको वातावरण सुधार गर्नु पर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved