‘भारतसँग झुकेर तरकारीको विषादी परीक्षण रोकिएको होईन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 10:33:54 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले भारतसँग झुकेर तरकारी र फलफूलमा विषादी परीक्षण नरोकिएको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपालमै प्रविधि नभएर समस्या परेकाले भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी–फलफूलको विषादी परीक्षण रोकिएको बताए ।

विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकार फीर्ता भएपछि सत्तारुढ र प्रतिपक्षका सांसदले सरकार भारतसामु झुकेको आरोप लगाउँदै आएका छन् । मन्त्री यादवले यसबारे स्पष्टिकरण दिँदै भने, ‘नेपालमा आफैँ नाकाबन्दी गर्नेतिर हामी गयौँ । आफैँ नाकाबन्दी गर्न लागेकाले यसलाई हल गरिएको हो । भारतसँग झुकेको होइन, समस्या समाधान गरिएको हो ।’ 

फलफूल तथा तरकारीको परीक्षण गर्ने प्रविधि काठमाडौँको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्रै रहेको अरु ठाउँमा नराखुन्जेल स्थगित गरिएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved