प्रधानमन्त्रीले लिए ‘राष्ट्रिय परिचयपत्र’, नागरिकता विस्थापित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 11:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् । सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । 

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र दिईएको छ। नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत नागरिकलाई यो परिचयपत्र दिने कार्यक्रम छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।  राष्ट्रिय परिचयपत्र लिएपछि नागरिकता स्वतः विस्थापित हुन्छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved