सत्तारुढ नेकपासँगको सहमतिपछि पत्रकार महासंघको आन्दोलन फीर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 03:11:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले विधेयकमा आवश्यक संशोधन गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता भएको हो । 

महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाएका थिए । नेम्वाङको पहलकदमीपछि तीन चरणको बार्ता पश्चात मंगलबार सहमति जुटेको हो । 

आजको बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे । नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गरेका थिए । 

‘महासंघको मुद्दामा सहमति जुट्यो, आन्दोलन फिर्ता लिइएको छ,’ महासंघका अध्यक्ष गोबिन्द आचार्यले भने । आजको बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे । नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved