प्रदेश प्रहरीको प्रमुख ‘डिआईजी’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 11:21:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश प्रहरीको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले पाउने भएका छन् । संसदको राज्यव्यवस्था समितिले प्रदेश प्रहरी प्रमुखमा डीआईजीलाई पठाउने सहमति गरेको हो । प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलकामा समितिले प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआईजीलाई पठाउने विषय सर्वसम्मतिले पारित गरेको हो ।

बुधबार सिहदरबारमा बसेको समितिको बैठकमा गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावमै समितिमा सहमति भएको हो । 

प्रदेश प्रमुख भएर जाने डिआईजीले प्रदेश प्रहरीकै पोशाक र दर्ज्यानी चिह्न लगाउनेछन् । उनीहरू नेपाल प्रहरीको आइजिपी बन्ने सम्भावना पनि कायमै रहनेछ । प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ । प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम हुने छैन ।

प्रदेश प्रहरीको सेवा, सुविधा, पोशाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी ऐनअनुसार हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved