कर्णाली जीप दुर्घटना अपडेटः २२ दिनपछि गाउँपालिका उपाध्यक्षको शव फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 04:13:55 PM मा प्रकाशित

laxmi  sunrise bank

हुम्लाको  खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाहीको शव २२ दिनपछि भेटिएको छ । असार ३ गते कर्णाली नदीमा जीप खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए । 

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीप दुर्घटनापछि कर्णालीमा बेपत्ता भएकी उपाध्यक्ष शाहीको शव फेला परेको जानकारी दिए । उपाध्यक्ष शाहीको शव भेटिए पनि अन्य नौजना अझैं बेपत्ता छन् । 

दुर्घटनापछि कर्णाली नदीमा गोताखोरमार्फत् वेपत्ता यात्रु र जीपको खोजी गर्दापनि फेला पार्न नसकेपछि खोजीकार्य रोकिएको थियो । स्थानीयले यसअघि नै दुर्घटनामा बेपत्ता भएपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । 

सिकारुले चलाउँदा जीप दुर्घटना भएको थियो । दुर्घटनापछि कर्णालीमा बेपत्ता भएको जीपका चालक मणिजंग शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाइ र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ र उनका सहयोगी अहिले पनि बेपत्ता छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved