बाढी पहिरोमा परि ३० को मृत्यु, १८ बेपत्ता (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 02:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीका अनुसार  बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्छरहरीले जनाएको छ  ।स्थानिय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेबाट उद्धार गरिएको संयुक्त संख्या हो यो । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

मृतकहरुको संख्या:
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो ।

घाईतेहरुको संख्या:
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् ।

बेपत्ताहरुको संख्या:
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

परिचालित प्रहरी संख्या:
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved