पहिरोले थुनिएको खोला फुट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 01:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका दनुवार बेँसीको तीनटाट्नेमा आएको पहिरोले थुनिएको बैद्यनाथ खोला फुटेको छ । शनिबार दिउँसो आएको पहिरोले थुनिएको खोला आज बिहान फुटेको हो ।

तीनटाट्नेको पहिरो खसेपछि बैद्यनाथ खोला थुनिएको थियो । खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको हो । अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काका अनुसार शनिबार रातिनै बैद्यनाथ खोला आसपास हुँदै कटारीको यारी खोलामा मिसिने स्थानका गाउँका स्थानीयवासीलाई सतर्क गराएर अन्यत्र सारिएको थियो जसले गर्दा  बैद्यनाथ खोला फुट्दा मानवीय क्षति हुन सकेन ।

बैद्यनाथ खोला पहिरोले थुनिएपछि नेपाली सेनाको एक टोली विष्फोटक पदार्थ लिएर सो क्षेत्रमा नदी खोल्न पुगेपनि सेनाले उक्त नदी फुटाउन नपरिकन नदी आफै फुटेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved