प्रदेश २ सरकारले बकर इद (ईद ऊल जोहा) को अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बकर इदको विदाबारे निर्णय नभएको बिजपाटीसंगको कुराकानीमा बताएका छन। 'मन्त्रीपरिषदले निर्णय गर्ने कुरा हो, मन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि हुने निर्णयबारे हामीले जानकारी दिने हो, अहिलेसम्म बकरइदको विदाबारे कुनै निर्णय भएको छैन' प्रवक्ता सुबेदीले भने।