बर्खास्तमा परेका मन्त्री बयानका लागि अदालतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 11:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ कसूरसम्बन्धी मुद्दामा बयान दिन कर्णाली प्रदेश सरकारको मन्त्रीबाट बर्खास्तीमा परेका खडक खत्री उच्च अदालत पाटनमा उपस्थित भएका छन् । कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कामु प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएपछि प्रदेश सरकारले उनको मन्त्रीबाट पदमुक्त गरेको थियो । 

गत साउन २८ गते उच्च अदालतले खत्रीलाई ३ दिनभित्र अदालतमा हाँजिर गराउन आदेश दिएपाि उनी बुधबार मात्रै पुगेका छन् । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान जारी छ । 

कृषि विकास बैंक भोजपुरबाट १ करोड ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीविरुद्ध बैंकिङ कसूरको मुद्दा लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved